बैंककबाट नेपाल आएका भारतीय नागरिकको लगेजमा ६ किलो गाँजा

बैंककबाट नेपाल आएका भारतीय नागरिकको लगेजमा ६ किलो गाँजा

काठमाडौँ : बैंककबाट नेपाल आएका एक भारतीय नागरिकको लगेजमा छ किलो गाँजा बरामद भएपछि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९ सय ७० ग्राम गाँजासहित २७ वर्षका भारतीय नागरिक भिसाक भिजयनलाई पक्राउ गरेको हो। विमानस्थलका सुरक्षा प्रमुख सोमेन्द्रसिंह राठौँरका अनुसार उनी थाई एयरको उडानमार्फत बैङ्कक हुँदै सोमबार बेलुका नेपाल आएका थिए।

उनको लगेज जाँचका क्रममा गाँजा फेला परेपछि थप अनुसन्धानका लागि लागुऔषध ब्यूरो कोटेश्वर पठाइएको छ। नेपालबाट विदेश जान विमानस्थल पुगेका विदेशी नागरिकहरू गाँजासहित पक्राउ पर्ने गरेका थिए। तर पछिल्लो समय भने विदेशबाट नेपाल आउने यात्रुहरू गाँजासहित पक्राउ पर्न थालेका छन्।

वैशाख २, २०८२ मंगलबार १५:५१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।