झापाको कपी उद्योगमा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

काठमाडौं : झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खान रहेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो।
खानले ती किशोरीलाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।
उजुरीपछि प्रहरीले किशोरीको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
वैशाख २, २०८२ मंगलबार १२:२९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।