कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौं : नेपाल शिक्षक महासंघ कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ।
सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको हो। कक्षा १२ को परीक्षा वैशाख ११ गते शुरु हुँदैछ।
नयाँ शैक्षिक सत्र शुरु भएसँगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षक सडक आन्दोलनमा छन्।
सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ।
वैशाख २, २०८२ मंगलबार १०:४७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।