सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

किमाथाङ्का : जिल्लाको खाँदबारी नगरपालिका-९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।
सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी-९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उनले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताए।
उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।
वैशाख २, २०८२ मंगलबार ०८:३४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।