सुडानका शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, चार सय जनाको मृत्यु

सुडानका शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, चार सय जनाको मृत्यु

एजेन्सी : सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघले ‘विश्वसनीय स्रोतहरू’ लाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो।

संयुक्त राष्ट्रसंघका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो।

गत हप्ता, आरएसएफले अल-फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण पनि गरेको थियो।

सुडानमा डार्फरको नियन्त्रणको लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ।

अप्रिल २०२३ देखि यी दुई बीच सत्ताको लागि रक्तपातपूर्ण संघर्ष भइरहेको छ। यसका कारण लाखौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

संयुक्त राष्ट्रसंघले बिहीबारदेखि शनिबारसम्म १४८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। संयुक्त राष्ट्रसंघले पनि मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ।

वैशाख २, २०८२ मंगलबार ०७:३८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।