विवादमा तस्कर समूहबीच गोली चल्दा दुई जना घाइते, एकको अवस्था गम्भीर

विवादमा तस्कर समूहबीच गोली चल्दा दुई जना घाइते, एकको अवस्था गम्भीर
सांकेतिक तस्बिर

सुनसरी : तस्कर समूहबीचको विवादमा गोली चल्दा दुई जना घाइते भएका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए।

यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भएको थियो। घाइते मेहताको अवस्था गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीको दाबी अनुसार तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादका कारण गोली प्रहार भएको हो। घटनामा संलग्नको खोजी सुरु भएको प्रहरीको दाबी छ।

वैशाख १, २०८२ सोमबार २२:४७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।