चार दशमलव एक रेक्टरको भूकम्प, केन्द्रबिन्दु जाजरकोट

चार दशमलव एक रेक्टरको भूकम्प, केन्द्रबिन्दु जाजरकोट

काठमाडौँ : जाजरकोटको पैंक केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो।

यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रबिन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ।

वैशाख १, २०८२ सोमबार २२:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।