आईपीएलमा आज चेन्नई र लखनऊ भिड्दै

आईपीएलमा आज चेन्नई र लखनऊ भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। 

६ मध्ये ४ खेलमा जीत हात पारेको लखनऊ ८ अंकसहित तालिकाको चौथो स्थानमा छ। पाँच पटकको च्याम्पियन चेन्नई भने ६ मध्य ५ खेलमा हार बेहोर्दै २ अंक मात्र जोडेर तालिकाको पुछारमा छ।

हालसम्म लखनऊ र चेन्नईबीच पाँच पटक मात्र भेट भएको छ। एक खेल वर्षाले प्रभावित हुँदा ५ भिडन्तमा लखनऊ बलियो देखिएको छ। चेन्नईले ५ मध्य १ खेलमात्र जितेको छ।

आज सोमवारको खेल लखनऊका लागि आफ्नो बलियो लयलाई कायम राख्ने अवसर हो भने चेन्नईका लागि आत्मविश्वास फर्काउने मौका रहेको छ।लखनऊको इकाना क्रिकेट स्टेडियममा हुने खेल राति ७:४५ बजेबाट सुरु हुनेछ।

वैशाख १, २०८२ सोमबार १८:४७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।