चीनद्वारा बहुमूल्य धातुहरूको निर्यातमा प्रतिबन्ध

चीनद्वारा बहुमूल्य धातुहरूको निर्यातमा प्रतिबन्ध

एजेन्सी : अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले ७ बहुमूल्य धातु (दुर्लभ पृथ्वीका सामग्री) को निर्यातमा प्रतिबन्ध लगाएको छ।

चीनले कार, ड्रोनदेखि रोबोट र मिसाइलसम्म सबै चीजहरू असेम्बल गर्न आवश्यक पर्ने चुम्बकहरूको ढुवानीलाई चिनियाँ बन्दरगाहहरूमै रोक लगाएको छ।

यी सामग्रीहरू अटोमोबाइल, सेमिकन्डक्टर र एयरोस्पेस व्यवसायहरूको लागि अत्यन्त महत्त्वपूर्ण छन्। यो निर्णयले विश्वभरका मोटर गाडी, विमान, सेमिकन्डक्टर र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ। यी सामग्रीहरू अब महंगो हुनेछ।

अप्रिल ४ मा चीनले यी ७ बहुमूल्य धातुहरूको निर्यातमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो। बहुमूल्य धातुहरूमा सामरियम, ग्याडोलिनियम, टर्बियम, डिस्प्रोसियम, ल्युटेटियम, स्क्यान्डियम, र यट्रियम समावेश छन्।

आदेश अनुसार, यी बहुमूल्य धातुहरू र तिनीहरूबाट बनेका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र चीनबाट बाहिर पठाउन सकिन्छ।

वैशाख १, २०८२ सोमबार १३:३१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।