यु१९ विश्वकप छनोटमा ११७ रनमा समेटियो ओमान, युवराजले लिए पाँच विकेट

काठमाडौं : आईसीसी यु१९ पुरुष विश्वकप एसिया छनोट अन्तर्गत नेपालविरुद्ध ओमान ११७ रनमा समेटिएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको ओमान ३८ ओभरमा सबै विकेट गुमाएर ११७ रनमा समेटियो।
उसका लागि जित ब्रजेश शाहले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेल्दा सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिनेश हेमा रमेश १० रनमा आउट भए। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि युवराज खत्रीले पाँच विकेट लिँदा सन्तोष यादवले दुई तथा अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले एक-एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले युएईलाई डिएल मेथडबाट पाँच रनले पराजित गरेको थियो। ४० ओभरको खेल भएकोमा वर्षा र खराब प्रकाशका कारण रोकिएको खेलमा नेपाल विजयी भयो।
पाँच टोली समावेश एसियान छनोटबाट एउटा टिमले मात्र विश्वकप खेल्नेछ।
वैशाख १, २०८२ सोमबार १२:४०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।