स्मार्टफोन र कम्प्युटरमा दिइएको कर छुट अस्थायी हो : अमेरिका

एजेन्सी : अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले स्मार्टफोन र कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक्सलाई पारस्परिक शुल्कबाट छुट अस्थायी भएको बताएका छन्।
एबिसी न्युजसँगको कुराकानीमा लुटनिकले यस्ता शुल्कहरू छुट्टै ‘सेमिकन्डक्टर शुल्क’ अन्तर्गत लगाउने योजना छ। यसबारेमा पछि घोषणा गरिने उनको भनाइ छ।
ट्रम्प प्रशासनले हालै मोबाइल फोन र कम्प्युटर लगायत धेरै इलेक्ट्रोनिक उत्पादनहरूलाई पारस्परिक करबाट छुट दिने घोषणा गरेको छ। यसमा चीनबाट आयात गरिएका सामानहरू पनि समावेश हुनेछन्।
अमेरिकाले यो कदम त्यस्तो समयमा उठाएको हो जब प्रविधि कम्पनीहरूले पारस्परिक शुल्कको बारेमा चिन्ता व्यक्त गरेका थिए।
वैशाख १, २०८२ सोमबार ०९:५४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।