माथिल्लो मुलपानीमा नेपालले आज ओमानसँग भिड्दै

काठमाडौं : पहिलो खेलमा युएईविरुद्ध नाटकीय रूपमा विजयी भएको नेपाल आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज ओमानसँग खेल्दैछ।
खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ। ओमानले पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो।
त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा सोही समय हुनेछ।
अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्ने तालिका रहेको छ।
त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन्। त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्नेछन्।
एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ। यो एकदिवसीय फर्म्याटको विश्वकप हो।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।
वैशाख १, २०८२ सोमबार ०७:४०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।