पावर प्लेमै निरीह बन्यो नेपाली टोली, ओपनरद्वयसहित ऐरी र मल्ल पनि आउट

पावर प्लेमै निरीह बन्यो नेपाली टोली, ओपनरद्वयसहित ऐरी र मल्ल पनि आउट

काठमाडौं : चार देश सम्मिलित हङकङ टी२० सिरिजको उपाधिका लागि कुवेतसँग भिडिरहेको नेपाली टोली पावर प्ले (सुरुवाती ६ ओभर)मै निरीह देखिएको छ।

मिसन रोड क्रिकेट मैदानमा १७५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाली टोली पावर प्लेमै चार विकेट गुमाएको छ।

तेस्रो ओभरको पाँचौं बलमा कुशल भुर्तेललाई गुमाएको नेपाली टोलीले चौथो ओभरको पहिलो र दोस्रो बलमा क्रमशः आशिफ शेख र कुशल मल्ललाई पनि गुमायो।

भुर्तेल र शेखले क्रमशः ३ र २१ रन बनाउँदा मल्ल शून्य रनमा आउट भए। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरी पनि शून्य रनमा एलबिडब्लु भएर पेभेलियन फर्किए।

छ ओभरको खेल सकिँदा नेपाली टोली चार विकेट गुमाएर ३८ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल र बसीर अहमद छन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो।

चैत ३१, २०८१ आइतबार १३:४०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।