हङकङ टी२० सिरिजको उपाधिका लागि नेपालले पायो १७५ रनको लक्ष्य

एजेन्सी : चार देश सम्मिलित हङकङ टी२० सिरिजको उपाधि जित्नका लागि कुवेतले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।
मिसन रोड क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो।
उसका लागि रविजा सन्दारुवनले ३६ बलमा ६३ रनको अर्धशतकीय पारी खेल्दा क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मित भावसारले २३ रन बनाए।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले समान एक-एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि भएको समूह चरणको खेलमा अपराजित रहँदै नेपाल फाइनल प्रवेश गर्दा कुवेतले नेपालसँगको एक खेल हारेर फाइनलमा प्रवेश गरेको हो।
चार देश सहभागी टी२० सिरिजमा आयोजक हङहङ, नेपाल र कुवेतसहित कतार पनि सहभागी थियो। आजै विहान तेस्रो स्थानको लागि भएको खेल हङकङले एक रनले जित्यो।
चैत ३१, २०८१ आइतबार १३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।