वीरगंजमा लगाइएको कर्फ्यू आदेश मध्यराति १२ बजेसम्मलाई थप

वीरगंजमा लगाइएको कर्फ्यू आदेश मध्यराति १२ बजेसम्मलाई थप

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले हिजो साँझदेखि लगाएको कर्फ्यू आदेशलार्ई राति १२ बजेसम्म बढाएको छ।

हिन्दु र मुस्लिम समुदायबीच हिजो साँझ भएको साम्प्रदायिक झडपपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाएको प्रशासनले मध्यराति १२ बजेसम्मका लागि थप गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पूर्वमा बाइपास रोड, पश्चिममा सर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकाराचार्य गेटसम्म तोकेर प्रहरीले कर्फ्यू आदेश थप गरेको हो।

कर्फ्यू अवधिभर तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउ गर्न नपाइने भनिएको छ।

कर्फ्यू आदेश जारी भएसँगै सो क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। सेना परिचालन भएसँगै वीरगंजका सडक सुनसान भएका छन्।

चैत ३१, २०८१ आइतबार १२:१४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।