नेपाल र युएईबीचको खेल ४० ओभरमा झारियो

नेपाल र युएईबीचको खेल ४० ओभरमा झारियो

काठमाडौं : आईसीसी यु१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल ४० ओभरको हुने भएको छ।

मैदान भिजेकाले ढिला गरी सुरु भएको खेलमा ४० ओभरमा घटाइएको हो। योसँगै अब एउटा बलर बढीमा आठ ओभरसम्म बलिङ गर्न पाउने भने आठ ओभरको पहिलो पावर प्ले हुनेछ।

अहिले युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपाली टोली ब्याटिङ गरिरहेको छ।

पहिलो पटक तल्लो मुलपानी मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ। विहान साढे नौ बजे सुरू हुनुपर्ने खेल साढे ११ बजे बल्ल सुरू भएको थियो।

चैत ३१, २०८१ आइतबार ११:४१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।