पर्सा प्रशासनले भन्यो- सामाजिक सञ्जालको भिडियो भ्रामक हो, मिथ्या समाचारको पछि नलाग्नू

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले पर्साले विहानदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको सवारी साधनमा आगलागी भएको भिडियो भ्रामक भएको जनाएको छ।
हिजो साँझदेखि कर्फ्यू आदेश जारी भएको वीरगंजको जनजीवन अहिले सामान्य रहेको भन्दै सामाजिक सञ्जालमा प्रकाशित भिडियो भ्रामक भएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा उक्त भिडियो भ्रामक रहेको बताउँदै मिथ्या समाचारका पछाडि नलाग्न समेन आग्रह गरिएको छ।
पर्सामा हिजो हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा प्रहरीसहित केही मानिस घाइते भएका छन् भने व्यावसायिक र व्यक्तिगत सम्पतिमा तोडफोड र आगजनी भएको छ।
अवस्था नियन्त्रण बाहिर गएपछि प्रशासनले हिजो साँझ साढे सात बजेदेखि कर्फ्यू आदेश जारी गरी सेना परिचालन गरेको छ। कर्फ्यू आदेश मध्यान्ह १२ बजेसम्म जारी रहनेछ।
चैत ३१, २०८१ आइतबार ११:१८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।