म्याकडोडो ब्रान्डका ५ नयाँ उत्पादन सार्वजनिक

म्याकडोडो ब्रान्डका ५ नयाँ उत्पादन सार्वजनिक

काठमाडौं : एसेसरिज ब्रान्ड ‘म्याकडोडो’ले नेपाली बजारमा पाँच नयाँ उत्पादन सार्वजनिक गरेको छ। म्याकडोडोले सीएच-४११० स्मार्ट चार्जर, सीएच-४०२०/४०२१ पोर्टेबल फास्ट चार्जर, एचपी-४४९० इयरबड, एचपी-१४४० हेडफोन तथा बीएस-१४१० वायरलेस स्पीकर सार्वजनिक गरेको हो।

सीएच-४११० मोडेलको स्मार्ट चार्जरमा लचिलो केबुल भएकाले सजिलै फोन चार्ज गर्न सकिन्छ। यसमा जीएएन टेक्नोलोजी प्रयोग गरिएको छ, जसले गर्दा फोन छिटो र सुरक्षित तरिकाले चार्ज हुने कम्पनीले जनाएको छ।

त्यस्तै यसले तापक्रम नियन्त्रण गर्नुका साथै बढी भोल्टेज वा बढी करेन्ट प्रवाहबाट पनि जोगाउँछ भने एन्टिइन्टरफेरेन्स र सर्ट सर्किट प्रोटेक्सन सुविधा पनि छ। यो आकर्षक चार्जरको मूल्य ६ हजार १ सय रुपैयाँ तोकिएको छ।

म्याकडोडोको सीएच-४०२०-४०२१ पोर्टेबल फास्ट चार्जरमा २० वाटको १सी फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ जसले तपाईंको आईफोन ८ देखि १४ सिरिजसम्मका आईफोनलाई ४ गुणासम्म छिटो चार्ज गर्दछ। सेतो र कालो गरी दुई रङमा उपलब्ध यो चार्जरमात्र २ हजार १ सयमा उपलब्ध छ।

त्यस्तै एचपी-४४९० मोडेलको स्लिप मोड इयरबड सार्वजनिक गरेको छ। अल्ट्रा थिन डिजाइनमा उपलब्ध उक्त इयरबड विशेषगरी निदाउँदा पनि लगाउन मिल्ने गरी बनाइएको छ।

यसमा ६ घण्टाको प्लेब्याक टाइम रहेको छ र चार्जिङ केसको प्लेब्याक टाइम २१ घण्टा रहेको छ। यसमा १२ महिनाको वारेन्टी छ भने मूल्य ३ हजार ४ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै एचपी-१४४० हेडफोनमा एक्टिभ न्वाइज क्यान्सिलेसन टेक्नोलोजी रहेको छ जसबाट उत्कृष्ट म्युजिक वा गेमिङको आनन्द लिन सकिन्छ। यसमा ६० देखि ७० घण्टाको ब्याट्री लाइफ छ भने एक्टिभ न्वाइज क्यान्सिलेसन मोडको टाइम ३० देखि ३५ घण्टा छ।

साथै, यसमा वायरलेस कनेक्टिभिटीका लागि ब्लुटुथ ५.३ छ भने स्टेबल कनेक्सन रुचाउनेका लागि वायर्ड अप्सनमा पनि उपलब्ध छ। उक्त हेडफोनमा एलईडी डिस्प्ले, भोलुम कन्ट्रोल तथा आईपीएक्स-३ वाटरप्रुफ स्ट्यान्डर्ड छ। यो हेडफोनमा पनि १२ महिनाको वारेन्टी छ भने ६ हजार ५ सय रुपैयाँमा उपलब्ध छ।

त्यस्तै बीएस-१४१० मोडेलका पोर्टेबल वायरलेस स्पिकर पनि सार्वजनिक गरेको छ। आइपीएक्स४ वाटरप्रुफ, ह्यांगिङ स्ट्याप, डायाफाम, डुअल फाइभ डब्लु स्पिकर, ५ं.१ ब्लुटुथ, १२०० एमएएच लगायत विशेषता उक्त वायरलेस स्पीकरमा छ। यसमा पनि १२ महिनाको वारेन्टी छ भने ५ हजार ४ सय रुपैयाँमा उपलब्ध छ।

म्याकडोडोले नयाँ वर्षलाई लक्षित गर्दै १ देखि १० वैशाखसम्म यी पाँच प्रडक्टमा १० प्रतिशत छुट दिने छ। ग्राहकले देशभरि रहेका विभिन्न खुद्रा विक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज तथा खल्ती एपबाट म्याकडोडोका एसेसरिज सजिलै खरिद गर्न सक्नेछन्। नेपालका लागि उक्त ब्रान्डको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रालि छ।

चैत ३१, २०८१ आइतबार ११:०१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।