पूर्वआईजीपी प्रदीपशमशेर राणाको निधन

पूर्वआईजीपी प्रदीपशमशेर राणाको निधन

काठमाडौं : नेपाल प्रहरीका पूर्वआईजीपी प्रदीपशमशेर राणाको निधन भएको छ।

आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो। उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए।

राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने  उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए।

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए। राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

चैत ३१, २०८१ आइतबार १०:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।