माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छ : अध्यक्ष दाहाल

माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छ : अध्यक्ष दाहाल

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताएका छन्।

विभिन्न पार्टी परित्याग गरी मोओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यक्रर्तालाई आज पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन्। त्यसका लागि निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको बताए।

अध्यक्ष दाहालले राजनीतिक रूपमा भएका परिवर्तनको रक्षा गर्दै उपलब्धिलाई परिमार्जन र विकसित गर्नुपर्ने समय आएको बताए।

फरक प्रसङ्गमा उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा अभियान छेडेको उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्धसमेत मजबुद बनाएको बताए।

अध्यक्ष दाहालले वर्तमान सरकारको गतिविधिबाट पछिल्लो समय जनआक्रोश बढ्दै गएको भन्दै यस परिस्थितिमा राष्ट्रिय एकता र परिवर्तनको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

चैत ३०, २०८१ शनिबार १७:४४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।