कुवेतको फराकिलो जितले पहिलोबाट दोस्रोमा झर्यो नेपाल, फाइनल खेल्न हङकङलाई हराउनैपर्ने

काठमाडौं : हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजमा कुवेतले कतारमाथि फराकिलो जित दर्ता गर्दा नेपाल दाेस्रो स्थानमा झरेको छ।
अंकतालिकाको शीर्ष स्थानमा रहेको नेपाललाई कतारमाथि कुवेतको जितले दाेस्रो स्थानमा झारेको हो। अहिले कुवेत शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको छ।
लिग चरणको अन्तिम खेल विहान सवा ११ बजे नेपाल र हङकङबीच हुनेछ। यो खेलको विजेताले फाइनल खेल्नेछ।
नेपाल हाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ। ३ खेलमा ४ अंकसहित कुवेत नेटरनरेटमा अगाडि रहँदै शीर्षमा छ। हङकङको २ खेलमा २ अंक छ।
फाइनल खेल आइतबार विहान सवा ११ बजेदेखि सुरू हुनेछ । त्यसअघि विहान पौने ७ देखि तेस्रो स्थानको खेल हुनेछ।
चैत ३०, २०८१ शनिबार १०:४१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।