गुणस्तरीय स्वास्थ्यबारे ह्याम्सले गर्‍यो विज्ञहरूसँग संवाद

गुणस्तरीय स्वास्थ्यबारे ह्याम्सले गर्‍यो विज्ञहरूसँग संवाद

काठमाडौं : ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सांसद लगायतसँग स्वास्थ्यका सवालबारे छलफल गरेको छ।

शुक्रवार ह्याम्स अस्पतालको आयोजनामा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’ र ‘नागरिकको स्वास्थ्यमा लगानी’ भन्ने विषयमा समूहगत छलफल भएको थियो। संवाद कार्यक्रममा सांसद तथा नेताहरू चिकित्सक, नर्स लगायत दुई दर्जनभन्दा बढी विज्ञ तथा व्यक्तिले भनाई राखेका थिए।

समूहगत छलफलमा स्वास्थ्य सचिव विकास देवकोटा, पूर्व स्वास्थ्यमन्त्री पदम गिरी, प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा र चिकित्सकहरू डा. भगवान् कोइराला, लगायतको सहभागिता थियो।

अधिकांश वक्ताहरूले स्वास्थ्य सेवामा सबैको पहुँच पुग्ने विषयमाथि नै बढी केन्द्रित भएका थिए। त्यसैगरी बिरामीले मोटो रकम उपचारका लागि खर्च गर्न नसक्ने अवस्था समेत रहेको औँल्याउँदै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिएका थिए। त्यसैगरी गुणस्तरीय सेवा दिने सवालमा थप सुदृढ हुनुपर्नेमा सहभागी वक्ताको जोड थियो।

चैत २९, २०८१ शुक्रबार १९:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।