संसदीय समितिमा गृहमन्त्री- दुर्गा प्रसाईं समातिए, पक्राउ पर्ने क्रम रोकिएको छैन

संसदीय समितिमा गृहमन्त्री- दुर्गा प्रसाईं समातिए, पक्राउ पर्ने क्रम रोकिएको छैन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा तोडफोड र आगजानी लगायतका घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले प्रर्दशनका मुख्य आरोपी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपीहरू पनि पक्राउ पर्ने क्रम जारी बताए।

तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको भन्दै उनले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिए।

उनले भने, ‘घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरूप दश/दश लाख रुपैयाँ दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ।’

गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिए।

चैत २९, २०८१ शुक्रबार १४:४३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।