३९ सयले बढ्दा सुनको मूल्य, एक लाख ८५ हजार पुग्यो

३९ सयले बढ्दा सुनको मूल्य, एक लाख ८५ हजार पुग्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु रु एक लाख ८१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ८५ हजार कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

साथै आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला रु एक हजार ९०० मा कारोबार भएको चाँदी आज रु पाँचले बढेर रु एक हजार ९०५ पुगेको छ।

चैत २९, २०८१ शुक्रबार १२:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।