अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु

अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु

एजेन्सी : अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटना त्यसमा सवार छ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १ पाइलट र ५ यात्रु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार हेलिकप्टरमा तीन बालबालिकासहित एक परिवारका पर्यटक सवार थिए।

न्यूयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई पाँच जनाको परिवार स्पेनको भएको बताए।

न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइन्। मृतकका परिवारलाई सूचित नगरिएसम्म पीडितहरूको पहिचान खुलासा गरिने छैन।

यस दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा ठोक्किएको देखिन्छ। हेलिकप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो।

चैत २९, २०८१ शुक्रबार ११:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।