आठ रात, नौ दिनसम्म मनाइने भक्तपुरको बिस्काः

भक्तपुर : आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा बिहीबारदेखि सुरु भएको छ। बिहीबार तौमढीस्थित न्यातपोल मन्दिरअघि निर्माण गरिएको भैरवनाथको रथमा विधि पूर्वक पूजा गरी जात्राको शुभारम्भ भएको हो।
रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु हुन्छ।
भएको रथलाई तानातान गरी माथिल्लो वा तल्लो टोलमा पुर्याउने र तानेर फेरि गःहिटी पुर्याएर पहिलो दिनको जात्रा सम्पन्न हुन्छ। बिहीबार पहिलो दिनको जात्रा यसरी नै सकियो।
जात्रामा भैरवनाथ सँगै भद्रकालीको पनि रथ तान्ने गरिन्छ। टौमढीबाट तानिने रथमा जुसी बजू, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बस्ने चलन छ।
बिहीबार पहिलो दिनको जात्रा सम्पन्न भएपछि चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजा सहित विधि पूर्वक अपराह्न ५५ हाते ल्योसिं ठड्याइ वीरध्वज र विश्वध्वज झुन्ड्याउने परम्परा छ।
वैशाख १ गते अपराह्न अघिल्लो दिन ठड्याइएको ल्योसिं ढाल्ने र वैशाख ५ गते साँझ रथ तानिसकेपछि जात्रा सम्पन्न गर्ने गरिन्छ। बिस्काः जात्रा भक्तपुर सहित उपत्यकाको मध्यपुर थिमी, टोखा, धापासीमा पनि मनाइन्छ।
चैत २९, २०८१ शुक्रबार ००:३६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।