तीनकुनेबाट भागेर आसामको बक्सा पुगेका थिए प्रसाईँ

काठमाडौं : चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक भएपछि गायब भएका दुर्गा प्रसाईं नेपालबाट भागेर भुटानसँगको बोर्डर नजिकै बक्सा भन्ने स्थानमा पुगेको खुलेको छ।
हिंसात्मक घटनाका मुख्य योजनाकार भन्दै नेपालमा प्रहरीले खोजी सुरु गरेपछि उनी केही सहयोगीसहित स्थलमार्गबाटै काँकडभिट्टा पुगेर त्यताबाट बक्सामा पुगेका थिए।
विश्वस्त स्रोतका अनुसार आसामको सुरक्षाकर्मीले उनलाई बिहीबार दिउस नियन्त्रणमा लिएको हो। बक्साबाट काँकडभिट्टा स्थलमार्ग आउन मात्रै साढे नौ घण्टा हाराहारीको समय लाग्छ।
प्रसाईंले आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गर्न सहयोगीको मोबाइल प्रयोग गरेका स्रोत बताउँछ। त्यसैको लोकेसनको आधारमा उनी रहेको स्थानको पहिचान भएपछि नेपाल प्रहरीको टोली दुर्गालाई नेपाल ल्याउन समन्वय गर्न आसाम गएको थियो।
नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। भारतीय प्रहरीले प्रसाईंलाई भारतीय सीमा पार गराएपछि नेपाल प्रहरीले औपचारिक रूपमा पक्राउ गर्न सक्छ। अहिले दुर्गा भारतीय प्रहरीकै नियन्त्रणमा छन्।
सम्बन्धित समाचार
चैत २८, २०८१ बिहीबार २३:४३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।