प्रसाईँलाई भारतीय प्रहरीले नेपाली सीमासम्म ल्याएको राजसंस्था पुनर्स्थापना समितिको दाबी

काठमाडौँ : चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको आयोजक राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले दुर्गा प्रसाईँलाई भारतीय प्रहरीले आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याएको दाबी गरेको छ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्तिमार्फत प्रसाईँले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेको र आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याईपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेको दाबी गरेका छन्।
उनले आत्मसमर्पण पनि नगरेको र नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गरेको नेपालको दाबी छ। सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उनी नेपाल फर्किरहेको आफूहरूलाई जानकारी नरहेको प्रतिक्रिया दिएको भन्दै नेपालले नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको दाबी समेत गरेका छन्।
चैत २८, २०८१ बिहीबार २३:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।