साताको अन्तिम दिनको सेयर बजार : ५.५७ अंकले नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नेप्से सूचकांक ५.५७ अंकले घटेर २ हजार ६ सय ७० विन्दु कायम भयो। दिनभरको कारोबारमा सूचकांक अधिकतम २ हजार ६ सय ८७ अंकसम्म पुगे पनि ७० मा आएर बजार बन्द भयो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य बढेको छ। अघिल्लो दिन बुधवार ४ अर्ब ४४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बिहीबारको कारोबारमा १ सय ३१ कम्पनीको मूल्य घट्दा १ सय १३ कम्पनीको मूल्य बढेको छ। एउटा कम्पनीको मूल्य स्थिर रह्यो।
सेक्टरगत अवस्था
अधिकांश समूहगत सूचकांकहरूमा गिरावट आएको छ। सबै सेक्टरको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ।
-बैंकिङ सेक्टर: ०.०९ प्रतिशत घट्यो
-फाइनान्स सेक्टर: ०.४९ प्रतिशत घट्यो
- होटेल तथा पर्यटन सेक्टर: ०.४१ प्रतिशत घट्यो
- लगानी सेक्टर: ०.२९ प्रतिशत घट्यो
- जीवन बीमा सेक्टर: ०.३२ प्रतिशत घट्यो
- उत्पादन सेक्टर: ०.८७ प्रतिशत घट्यो
- निर्जीवन बीमा सेक्टर: ०.२० प्रतिशत घट्यो
- अन्य सेक्टर: ०.९० प्रतिशत घट्यो
- व्यापार सेक्टर: ०.११ प्रतिशत घट्यो
माइक्रोफाइनान्स सेक्टर ०.३८ प्रतिशत, हाइड्रोपावर सेक्टर ०.०९ प्रतिशत र विकास बैंक सेक्टर ०.०३ प्रतिशतले बढेका छन्।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य अधिकतम १० प्रतिशतले वृद्धि भयो। नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ २० पैसा र क्रेस्ट माइक्रोलाइफको ३३२ रुपैयाँ ७० पैसा कायम भएको छ।
सिन्धु विकास बैंकको मूल्य ७.९८ प्रतिशत र विन नेपाल लघुवित्तको मूल्य ७.२८ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा बढी ४.३७ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको २.७२ प्रतिशत र शुभम् पावरको २.४५ प्रतिशतले घटेको छ।
उच्च कारोबार भएका कम्पनी
बिहीबारको कारोबारमा राधि विद्युत्, एनआरएन इन्फ्रस्ट्राक्चर, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङस् र ङादी ग्रुप सबैभन्दा बढी कारोबार भएका शीर्ष पाँच कम्पनीहरू हुन्।
चैत २८, २०८१ बिहीबार १६:१९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।