पछिल्लो १२ घण्टामा इलाममा सबैभन्दा बढी पानी, काठमाडौंमा कति?

पछिल्लो १२ घण्टामा इलाममा सबैभन्दा बढी पानी, काठमाडौंमा कति?

काठमाडौं : पछिल्लो १२ घण्टामा इलाममा सबैभन्दा बढी पानी परेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो १२ घण्टामा इलाममा सबैभन्दा बढी ११० मिलिमिटर पानी परेको देखिएको हो।

महाशाखाका अनुसार त्यसपछि सर्लाहीमा ८९ मिलिमिटर, पर्सामा ७१ मिलिमिटर, सप्तरीमा ६६ मिलिमिटर र रौतहटमा ६५ मिलिमिटर पानी परेको छ।

यो अवधिमा पूर्वका जिल्लामा बढी पानी पर्दा मध्य र पश्चिमका जिल्लाहरुमा भने ५० मिलिमिटरसम्म पनि पानी परेका छैनन्। महाशाखाका अनुसार यो अवधिमा लमजुङमा ४७ मिलिमिटर पानी परेको छ।

तर पछिल्लो २४ घण्टाको तथ्यांक केलाउने हो भने कालिकोटमा ५३ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा काठमाडौं उपत्यकामा भने २७ मिलिमिटर मात्र वर्षा भएको छ, त्यो पनि कीर्तिपुरमा।

चैत २८, २०८१ बिहीबार १४:१४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।