तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं : नौ दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघर-नयाँ बानेश्वर सडक खण्डको तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ।
आठ दिनसम्म एउटा लेनमा मात्र प्रदर्शन गरिरहेका उनीहरूले आज भने तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेको थियो। त्यस क्रममा प्रहरी र शिक्षकहरूबीच धकेलाधकेलको स्थिति आएको हो।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि उनीहरू माइतीघर-नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन्।
सरकारले पटक-पटक वार्तामा बोलाए पनि उनीहरू विभिन्न विकल्प र शर्त अघि सार्दै आएका छन्। यद्यपि विद्यालय शिक्षा ऐनमा समेटिनुपर्ने विषयका बारेमा छलफल गर्न महासंघले नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली बनाएको छ।
उनीहरूको पहिलो माग भनेकै विगतमा भएका सहमति कार्यान्वयन हो।
चैत २८, २०८१ बिहीबार १३:२१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।