टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रशको विश्व कीर्तिमान

टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रशको विश्व कीर्तिमान

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमान कायम गरेका छन्।

बिहीबार कुवेतविरुद्धको खेलमा ३१ रन बनाएसँगै उनले टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै वटा खेलमा शून्य रनमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान आफ्नो पोल्टामा पारेका हुन्।

७६ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका ऐरीले ६६ खेलमा शून्य रनमा आउट (डकआउट) भएका छैनन्।

उनले वेस्ट इन्डिजका खेलाडी मार्लोन सामुअल्सको रेकर्ड तोडेका हुन्। ६७ खेल खेलेका सामुअल्सले ६५ खेलमा शून्यमा आउट भएका थिएनन्।

आजको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। हिजो भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले हराएको थियो।

चार देश सम्मिलित टी२० सिरिजमा नेपालले लिग चरणको आफ्नो अन्तिम खेल शनिबार विहान सवा ११ बजे हुनेछ।

चैत २८, २०८१ बिहीबार १२:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।