कुशल र आशिफको शतकीय साझेदारीमा नेपालले कुवेतलाई हरायो

काठमाडौं : कुशल भुर्तेल र आशिफ शेखको १२७ रनको साझेदारीमा हङकङमा जारी चार देश सम्मिलित टी२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ।
१८६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्उ भेट्टायो। उसका लागि भुर्तेलले ५० बलमा ६ चौका र छ छक्काको मद्दतमा ८० रन जोडे।
उता आशिफ शेखले ३८ बलमा दुई चौका र चार छक्काको मदद्तमा ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३१ रनमो आक्रामक पारी खेले।
गुल्सन झाले तीन बलमा दुई चौकासहित नौ रन बनाएर नटआउट रहँदा कप्तान रोहित पौडेले पाँच बलमा चार रनसहित अविजित रहे। कुशल मल्ल भने ६ बलमा चार रन खेलेर यासिन पटेलको हातबाट क्याचआउट भए।
कुवेतका लागि यासिन पटेलले दुई विकेट लिँदा मोहम्मद असलम र मोहम्मद सफीकले समान एक-एक विकेट लिए।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८५ रन जोड्यो।
उसका लागि क्लिन्टो एन्टोले ४०, मिट भावसारले ३५, बिलाल ताहिर ३२, राजिब सन्दारुवनले २६ रन बनाए। कप्तान मोहम्मद असलमले १७ रन बनाए।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादव दुई, ललित राजवंशी र कुशल भुर्तेलले समान एक-एक विकेट लिए।
आजको खेलको प्लेयर अफ द म्याच कुशल भुर्तेल भए। उनी हिजो कतारविरुद्धको खेलमा पनि प्लेयर अफ द म्यान घोषित भएका थिए।
चैत २८, २०८१ बिहीबार १०:१२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।