विश्व शान्तिका निम्ति ऐतिहासिक एकता, जितो नेपालले मनायो नवकार महामन्त्र दिवस

विश्व शान्तिका निम्ति ऐतिहासिक एकता, जितो नेपालले मनायो नवकार महामन्त्र दिवस

काठमाडौं : जितो अन्तर्राष्ट्रिय व्यापार संगठन नेपाल च्याप्टरले महावीर जयन्तीको पूर्वसन्ध्यामा विश्व नवकार महामन्त्र दिवसको कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंमा भएकाे कार्यक्रममा एक करोडभन्दा बढी भक्तजन र १०८ भन्दा बढी देशका सहभागीहरूले शान्ति, आध्यात्मिक जागरण र विश्वव्यापी सद्भावको लागि आफ्नो आस्था प्रकट गरेका थिए।

नवकार महामन्त्र, जसले जैन धर्मको सारलाई प्रतिबिम्बित गर्दछ, मन, शरीर र आत्माको शुद्धिकरण गर्दै शान्ति र आध्यात्मिक उन्नति ल्याउने विश्वास राखिन्छ।

यस मन्त्रमा अरिहन्त, सिद्ध, आचार्य, उपध्याय र साधुका पाँच प्रमुख प्रणामहरू समावेश भएका छन्, जसले अनुयायीहरूलाई मोक्षको मार्गमा प्रेरित गर्छ।

कार्यक्रममा लाखौं भक्तजनहरूले नवकार मन्त्रको जप गरेपछि भारतीय प्रधानमन्त्री नरेद्र मोदीले भर्चुअल माध्यमबाट सहभागिता जनाए।

उनका साथै अन्य चर्चित हस्तीहरूद्वारा देखाइएको समर्थनले जैन धर्म र यसको सार्वभौमिक मूल्यहरूलाई अझ व्यापक मान्यता प्राप्त गरायो।

चैत २८, २०८१ बिहीबार ०९:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।