मध्य उपत्यका बस सेवा समितिको बस सल्लाघारीमा पल्टियो, दुई जना घाइते

मध्य उपत्यका बस सेवा समितिको बस सल्लाघारीमा पल्टियो, दुई जना घाइते

काठमाडौं : भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन्।

बिहीबार बा३ख २४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बिच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार तीव्र गतिमा गाडी चलाएकोले सडकमै पल्टिएको हो।

उनले भने, ‘तीव्र गतिमा चलाएकोले पल्टिएको हो। दुई जना सामान्य घाइते भएका छन्।’

गाडिमा ९ जना यात्रु रहेका थिए।

चैत २८, २०८१ बिहीबार ०९:३४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।