हङकङ सिरिजमा कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य, सोमपालले लिए तीन विकेट

हङकङ सिरिजमा कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य, सोमपालले लिए तीन विकेट

काठमाडौं : हङकङमा जारी चारदेशीय टी२० सिरिजको तेस्रो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ।

मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८५ रन जोड्यो।

उसका लागि क्लिन्टो एन्टोले ४०, मिट भावसारले ३५, बिलाल ताहिर ३२, राजिब सन्दारुवनले २६ रन बनाए। कप्तान मोहम्मद असलमले १७ रन बनाए।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादव दुई, ललित राजवंशी र कुशल भुर्तेलले समान एक–एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यसअघि भएको पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेको थियो।

चैत २८, २०८१ बिहीबार ०८:२८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।