ट्रम्पले करवृद्धि रोकेपछि एसियाली शेयर बजारमा पुन: उत्साह

ट्रम्पले करवृद्धि रोकेपछि एसियाली शेयर बजारमा पुन: उत्साह

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको घोषणामा ९० दिनको लागि रोक लगाएपछि बिहीबार एशिया-प्रशान्त क्षेत्रको शेयर बजार वृद्धिसँगै खुल्यो।

जापान, दक्षिण कोरिया र अष्ट्रेलियाको शेयर बजारमा सुरुवाती कारोबारमा उछाल देखिएको छ।

जापानको निक्केई २२५ सूचकांक सुरुवाती कारोबारमा ८ प्रतिशतभन्दा बढीले बढ्यो। यसैबीच, दक्षिण कोरियाको कोस्पी सूचकांक र अष्ट्रेलियाको एएसएक्स २०० मा लगभग ५ प्रतिशतले वृद्धि भएको छ।

बुधबार सुरुमा, ट्रम्पले अधिकांश देशहरूका लागि ९० दिनको लागि भन्सार शुल्कमा ‘पज’ घोषणा गरेपछि अमेरिकी शेयर बजार उकालो लागेको थियो।

अमेरिकी स्टक इन्डेक्स एसएण्डपी ५०० ९.५ प्रतिशत, नासदाक १२.२ प्रतिशत र डो जोन्स ७.९ प्रतिशतले बढ्यो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्याएका छन्। साथै, बाँकी विश्वको लागि, उनले उच्च शुल्कमा ९० दिनको ‘मोरेटोरियम’ अनुमोदन गरेका छन्।

चैत २८, २०८१ बिहीबार ०८:०२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।