एनएसएल : पोखरा र धनगढीको खेल बराबरीमा सकियो

काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधवारको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकियो।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टिमले गोल गर्न सकेन। खेल बराबरीमा सकिएपछि दुवै टोलीले समान अंक बाँडे।
एनएसएलमा तीन खेल खेलेको धनगढीको यो लगातार दोस्रो बराबरी हो। यसअघि ललितपुर सिटी एफसीसँग पनि गोलरहित बराबरी खेलेको थियो।
धनगढीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ गोल अन्तरले हराएको थियो। जारी एनएसएलमा चार खेल खेलेको पोखरा यसअघि दुई खेलमा हार बेहोर्दा एक खेल भने जितेको थियो।
धनगढी तीन खेलबाट ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेल खेलेको पोखरा ४ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।
चैत २७, २०८१ बुधबार २२:३४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।