दुई वर्षदेखि फिल्मविहीन पुष्ष, अनुबन्ध भएका पनि बनेनन्

काठमाडौं : दुई वर्ष अघिसम्म अनमोल केसी र प्रदीप खड्काकै तुलनामा गनिन्थे पुष्प खड्का। ‘अझै पनि’मा सहायक भूमिका हुँदै ‘दर्पण छायाँ २’मा अभिनय गरेका पुष्पलाई दर्शकले ‘मंगलम’बाट चिनेका हुन्।
म्युजिक भिडियो हुँदै फिल्ममा आएका पुष्पलाई दुई वर्षअघि प्रदर्शनमा आएका फिल्म ‘कृष्णलीला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ तीनै फिल्म फ्लप भए। फरक-फरक भूमिकामा अभिनय गरेका तीन वटै फिल्म नचलेपछि अन्ततः पुष्पले फिल्ममा हात हाल्ने आँट गरेका छैनन्।
फिल्म ‘अझै पनि’मा सहायक भूमिका हुँदै ‘दर्पण छायाँ २’ मा लिड हिरो बनेका पुष्पको अरिअर ‘मनसँग मन’सम्म आइपुग्दा ध्वस्त बनायो। त्यसपछि पुष्पले फिल्ममा काम गरिहाल्ने आँट गरेका छैनन्। फिल्म ‘मंगलम्’पछि आँखा चिम्लेर निर्माण टिमलाई विश्वास गर्दा उनी नमज्जाले चिप्लिएका थिए।
गत वर्ष चैतमा पुष्प र अञ्जना बराइलीले फिल्म ‘सिड्नी ब्लुज’मा काम गर्ने भन्दै अनुबन्ध गरिएको समाचार बाहिरिएको थियो। शंकर कार्कीको निर्देशनमा बन्ने भनिएको यो फिल्मको अहिलेसम्म अत्तेपत्तो छैन। लिखित सम्झौता नै भएको भनिएको यो फिल्मको काम पनि त्यतिकै थन्कियो।
किरण घिमिरेको पटकथा, सुशन प्रजापतिको छायांकन र कुटुम्ब ब्याण्डको ब्याकग्राउण्ड स्कोरमा बन्न लागेको फिल्म सन् २०२४ को डिसेम्बरमा हुने तोकिएको थियो। तर, फिल्म रिलिजै हुन सकेन। बरु म्युजिक भिडियोमा रमाए।
पछिल्लो समय उनले अभिनय गरेको म्युजिक भिडियो ‘नमस्ते ढोकदिया’, ‘माया बस्यो उलुलु’, ‘समाइ भागेर’, ‘ढक ढक ढक’ रहेका छन्। अहिले पनि उनी भिडियोबाट नै आम्दानी गरिरहेका छन्। यो वर्षमात्रै उनले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका छन्।
चैत २७, २०८१ बुधबार १४:१८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।