पाकिस्तानमा मोदी समर्थक पत्रकारको बैंक खाता रोक्का गरिएको दाबी

एजेन्सी : मोदी समर्थक पाकिस्तानी पत्रकार आरजु काजमीले आफ्नो बैंक खाता फ्रिज गरिएको दाबी गरेकी छिन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो जारी गर्दै आफ्नो परिचयपत्र र राहदानी पनि ब्लक गरिएको दाबी गरेकी छन्।
आरजुले पाकिस्तानमा बसेर पत्रकारिता गर्नु धेरै गाह्रो काम भएको बताउँदै जुनसुकै बेला पक्राउ पर्नसक्ने दाबी गरेकी छन्। संघीय गुप्तचर निकायले उनलाई बारम्बार बोलाइरहेको छ।
आरजुले थप भनिन्, ‘मलाई एउटा नम्बर दिइएको थियो र यो एफआईको नम्बर हो र यो नम्बरमा सम्पर्क गर्न भनिएको थियो, तर त्यो नम्बर बन्द छ।’
आरजु काजमीले प्रायः मोदी सरकारको नीतिहरूको प्रशंसा गर्छिन्। भारतको बारेमा उनको विचार सकारात्मक रहेको छ। उनी भारत र पाकिस्तानबीचको राम्रो सम्बन्धको पक्षमा छन्। भारतमा उनका धेरै समर्थकहरू छन्।
आरजु आफ्नो बयानका कारण धेरै विवादमा तानिन्छिन्। उनले सामाजिक सञ्जालमा आफ्नो हजुरबुवा राम्रो भविष्यको लागि प्रयागराज र दिल्लीबाट पाकिस्तान सरेको बताउने गरेकी छन्। त्यसपछि उनीबारे भारतमा पनि चासो बढेको हो।
चैत २७, २०८१ बुधबार १४:०४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।