हङकङ सिरिजमा कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

हङकङ सिरिजमा कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

काठमाडौं : हङकङमा जारी चार देश सम्मिलित टी२० सिरिजमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ।

मिसन रोड ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५१ रन जोड्यो।

उसका लागि कप्तान इक्रमुल्लाह खानले ५४ रनको अर्धशतकीय पारी खेल्दा साहजैब जमिलले ३१, मुजीब उर रहमानले नटआउट २०, मोहम्मद इरसादले नटआउट १८, अरुमङ्गागणेश नागार्जन १३ रनमा आउट भए।

बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले एक–एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। नेपालको अर्को खेल भोलि विहान पौने सात बजे कुवतेसँग छ।

चैत २७, २०८१ बुधबार ०८:२३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।