एनएसएलमा काठमाडौँको पहिलो जीत, बुटवल सङ्कटमा

एनएसएलमा काठमाडौँको पहिलो जीत, बुटवल सङ्कटमा

काठमाडौं: नेपाल सुपर लिगमा बुटवल लुम्बिनीलाई हराउँदै काठमाडौं रेजर्सले पहिलो जित निकालेको छ। मङ्गलवारको खेलमा दश खेलाडीमा समेटिएको बुटवल लुम्बिनीलाई काठमाडौँले १-० ले हराएको हो। सो गोल  अमादोउ डिओपले गरेका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा काठमाडौँका लागि डिओपले ८९औँ मिनेटमा  गोल गरेका थिए।  अन्तिम समयमा उनले गरेको गोल नै खेलको निर्णायक बन्यो। 

खेलको ७१औँ मिनेटमा डिफेन्डर सुमन श्रेष्ठले रातो कार्ड पाएपछि बुटवलका दश खेलाडीमा सीमित भएको थियो । तै पनि उसले काठमाडौँलाई दबाबमा राख्न सफल भयो।

काठमाडौँका यस अगाडिको खेलमा दुई बराबरी र एक खेलमा पराजित भएको थियो। काठमाडौँले चार खेलबाट ५ अङ्क पाएको छ। बुटवलको मंगलबारसहित  तेस्रो हार हो। चार खेलबाट उसले १ अङ्क मात्र पाएको छ।

चैत २६, २०८१ मंगलबार २०:५६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।