पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुँदै चार नेपाली खेलाडी

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुँदै चार नेपाली खेलाडी

काठमाडौँ : पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली उज्बेकिस्तान गएको छ।

चैत २८ देखि आगामी वैशाख १ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठ गएका हुन्। टोलीको नाम ‘टिटुके रहेको छ।

टोलीको प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा सङ्गीता गुरुङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं इ स्पोट्र्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले बिदाइ गरेका थिए।

चैत २६, २०८१ मंगलबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।