बजाजको नयाँ वर्षको अफर 'खुसीको मिटर' सार्वजनिक

काठमाडौं : हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजमा नयाँ वर्ष २०८२ मा 'खुसीको मिटर' क्याम्पेन ल्याएको छ। कम्पनीका अनुसार क्याम्पेन अन्तर्गत ग्राहकहरूले १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू जित्ने सक्नेछन्।
बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ। जसअन्तर्गत जो कोही पनि सहभागी भएर आकर्षक उपहारहरू जित्न सक्ने कम्पनीले जानकारी दियो।
उपहार प्राप्त गर्न विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्ने र क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूले शोरुममा नै अर्को चरणको गेम खेल्न पाउने छन्।
इन-स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको "खुसीको मिटर" रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले 'खुसीको मिटर' केवल प्रचारको लागि अफर मात्र नभई टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास भएको बताए।
चैत २६, २०८१ मंगलबार २०:१९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।