बेकोले नयाँ वर्षमा ल्यायो ‘अनबक्स् ह्यापिनेस’ उपहार योजना

काठमाडौँ : चौधरी ग्रुप अन्तर्गतको होम एप्लाएन्स् ब्रान्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा विशेष उपहार योजना सार्वजनिक गरेको छ। ‘अनबक्स् ह्यापिनेस’ नाममा ल्याइएको योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न सामान किन्दा ४१ हजार ४ सयसम्मको बचत गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
पुरस्कारहरूमा सिङ्गल डोर रेफ्रिजेरेटर, आकर्षक क्यास ब्याक, डबल डोर रेफ्रिजेरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वाशिङ मेशिनमा निःशुल्क ६ के.जी. एरियल म्याटिक, एयर कन्डिशनरमा निःशुल्क जडान, डिशवाशरमा: निःशुल्क २ प्याकेट डिशवाशर किट, फ्री स्टेण्डिङ ओभनमा निःशुल्क सी.जी. प्रेसर कुकर रहेको कम्पनीले जानकारी दिएको छ।
यो योजना २०८१ चैत २४बाट सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जानकारी दिएको छ।
चैत २६, २०८१ मंगलबार २०:०७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।