शेखरले भने ‘चिया पसलमा बसेर पार्टीको खुट्टा तान्ने काम नगरौँ’

शेखरले भने ‘चिया पसलमा बसेर पार्टीको खुट्टा तान्ने काम नगरौँ’
फाइल तस्बिर

चितवन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन आग्रह गर्दै चिया पसलमा पसेर खुट्टा तान्ने काम नगर्न आग्रह गरे। चितवनमा आयोजित कार्यक्रममा उनले भने ‘कांग्रेसलाई बलियो बनाउने हो भने चिया पसलमा बसेर कांग्रेसको खुट्टा तान्ने काम नगरौँ। पार्टीलाई बलियो बनाउने काम गरौँ।’

उनले २०६२/०६३ जनआन्दोलन पछिका वर्षहरूमा कांग्रेस कहाँनेर चुक्यो भन्ने समीक्षा जरुरी रहेको समेत बताए। कांग्रेसले राम्रा काम पनि गरेको तर तर नराम्रा कामहरूको समीक्षा गरेर अघि बढ्न सके लक्ष्यमा पुग्न सकिने उनको तर्क थियो।

‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भयो। कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य आवश्यक छ,’ उनले भने ‘अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने वाध्यताको अन्त्य गर्न सके मात्र सरकारमा भएको अनुभूति हुन्छ।’

चैत २६, २०८१ मंगलबार १९:३९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।