डेब्यु फिल्म नै फ्लप भएकी दिव्याको तनाव

डेब्यु फिल्म नै फ्लप भएकी दिव्याको तनाव

काठमाडौँ : परिवारको पृष्ठभूमि कला भएकाले दिव्या रायमाझीलाई डेब्यु गर्न गाह्रो भएन। अमेरिकाको बसाई छाडेर बुबाकै दिलीपकै क्षेत्र रोजेकी उनले पहिलो फिल्म नै प्रदीप खड्कासँग अभिनय गर्न पाइन् ‘एक्टर टेक वान’ मा।

तर जति सहज रूपमा उनको डेब्यु भयो त्यति सहजै सफल भने भएन अभिनय। फिल्म फ्लप भयो। तर उनले दोस्रो फिल्म पनि सहजै पाइन ‘पीताम्बर’।

नामको विवादमा अदालतको आदेशले फिल्मको रिलिज मिति नै सरे पनि दिव्या रोएकी थिइन्। पहिलो फिल्म जसरी विवादले घेरिएको थियो दोस्रो फिल्म पीताम्बर अहिलेसम्म त्यसमा जोगिएको छ। हिंसात्मक दृष्य बाहेक यो फिल्म विवादमा आइहाल्ने सम्भावना देखिन्न एक्टर : टेक वान जसरी।

प्रदर्शनको तयारीमा रहेको पीताम्बरमा उनले एक्टर : टेक वानको जस्तो तनाव झेल्नु परेको छैन। तर फिल्म व्यवसायीक रूपमा सफल हुने हो या हैन भन्ने तनाव त पक्कै पनि हुन्छ नै। पीताम्बरमा पनि एक्टर टेक वानकै अभिनेता प्रदीप छन्। निरन्तर फिल्म फ्लप भएकाले प्रदीप पनि तनावमै छन्। उनका लागि पनि पीताम्बर सफलताको निकै महत्त्व छ।

एक्सन जनरामा बनेको यो फिल्मले प्रचारकोक्रममा राम्रै हाइप पाइरहेको छ। डेब्यु फिल्ममा सफलताको स्वाद नपाए पनि दोस्रो फिल्ममा यो मौका पाउँछिन् कि उनले?

चैत २६, २०८१ मंगलबार १७:३८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।