ओलीतर्फ इंकित गर्दै सिंहको अभिव्यक्ति : मानसिक स्थिति बिग्रिसकेको मान्छेले यो देश कहाँ लग्छ?

ओलीतर्फ इंकित गर्दै सिंहको अभिव्यक्ति : मानसिक स्थिति बिग्रिसकेको मान्छेले यो देश कहाँ लग्छ?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले केपी ओलीतर्फ इंकित गर्दै मानसिक स्थिति बिग्रेका मानिसहरूले देश चलाइरहेको बताएका छन्।

बल्खुमा जारी विरोध सभामा सम्बोधन गर्दै सांसद सिंहले केपी शर्मा ओलीको नामै नलिई यस्तो अभिव्यक्ति दिएका हुन्।

‘नौ–नौ महिनासम्म अस्पतालमा औषधि उपचार गर्नको लागि बस्ने अशक्त, मानसिक स्थिति बिग्रिसकेको मान्छेले यो देश कहाँ लग्छ?’ उनले प्रश्न गरे, ‘कुन भड्खालोमा हाल्ने हो ठेगान छैन।’

लगत्तै उनले अब पनि सरकार नसुध्रिएको खण्डमा जनताले देशलाई बंगलादेश र श्रीलंकाको अवस्थामा पुर्याउने बताए।

चैत २६, २०८१ मंगलबार १४:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।