तीनकुने घटनामा संलग्न एक सय ७८ जना पक्राउ, ७३ जनाविरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौं : चैत्र १५ गते तीनकुनेमा भएकाे राजावादीकाे प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको छ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले १३ महिला र १५५ पुरुषसहित एक सय ७८ जनालाई पक्राउ गरेको छ। जसमध्ये ५५ जनालाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
त्यसैगरी पक्राउ परेकामध्ये ७३ जनालाई मुद्दा चलाउने तयारीमा रहेको र घटनामा संलग्न अरुको खोजी भइरहेको परिसरका सूचना अधिकारी अपीलदेव बोहराले उकेरालाई बताए।
‘घटनामा संलग्नहरुको खोजी अझै जारी छ। अहिलेसम्म हामीले १ सय ७८ जनालाई पक्राउ गरेका छौँ। केहीलाई परिवारको जिम्मा लगाएको छौँ।’
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंस्रक हुँदा दुई जनाको मृत्यु भएको थियो भने प्रहरीले २० जनालाई गोली प्रहार गरेको थियो। घटनापछि प्रहरीको कमजोरी र सुरक्षा चुकबारे पनि प्रश्न उठेका छन्।
चैत २६, २०८१ मंगलबार १३:२४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।