चार सयले घट्यो सुनको मूल्य

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ।
सोमबारको तुलनामा आज सुन तोलामा चार सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ७३ हजार चार सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलाको एक लाख ७३ हजार आठ सय रुपैयाँ थियो।
चाँदी भने आज तोलाको एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चैत २६, २०८१ मंगलबार १२:४५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।